मिक्स पनिर करी
सामग्री ः पनिर -आधा किलो), भेडेखुर्सानी -तीनवटा), प्याज -चारवटा), ठूलो गोलभेंडा -चारवटा), अदुवाको पेस्ट -आधा चम्चा), बेसार, नुन तथा खुर्सानी स्वादअनुसार।
विधि ः चारपाटे आकारमा काटिएको पनिरलाई तेलमा रातो हुने गरी तार्ने र छुटै प्लेटमा राख्ने। अर्को कराहीमा तेल तताएर प्याज, गोलभेंडा तथा भेडेखुर्सानी हाली प|mाई गर्ने अनि अदुवा, नुन, खुर्सानी र बेसार हालेर केही बेर चलाउने। त्यसमाथि पनिर हालेर एकछिन पकाउने।